Logo

२७ चैत,वीरगञ्ज । नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्दधकहरुका लागि भेला आयोजना गर्ने भएको छ । म्यानेजमेनटले नव वर्ष २०८१ को अवसरमा काठमाण्डौँको बानेश्वरस्थित आनन्द भुमि बिजनेस सेन्टरमा भेला आयोजना गर्ने भएको हो ।

वर्षेनी दश लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । स्वदेशमै सानो पूँजीमा गर्न सकिने थुप्रै कामहरू छन् । तर सरकारी निकायको झमेला तथा बैंक बित्तीय संस्थाबाट सहि सल्लाह र सजिलै कर्जा उपलब्ध नहुँदा देशमा काम गर्ने वातावरण अभाव छ ।

सोही कारण सिप, जाँगर र चाहना हुँदा हुँदै पनि युवाहरू वाध्य भएर बिदेशीएका छन् । अर्थात् उनीहरु बैदेशिक रोजगारीतर्फ आकर्षित छन् ।

यस्तो प्रतिकुल अवस्थामा युवाहरूलाई प्रेरित गर्न र उद्योग व्यवसाय गर्ने वातावरण बनाउने गरी नेक्सजेन म्यानेजमेन्टले बैशाख ८ गते युवा नवप्रवर्द्धकहरूको भेला आयोजना गर्न लागेको अध्यक्ष रमेश कुमार भट्टराईले जनाए ।

भेलामा युवाहरूको ब्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा सम्भाव्य देखिएका परियोजनाहरू स्थापना र संचालनको लागि बैंक वित्तिय संस्थासंग समन्वय गर्ने काम गरिने उनले बताए ।
नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि सम्पत्ति ब्यवस्थापन र ब्यवसायिक परामर्श दिने गरि खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र यस कम्पनीले सेवा प्रारम्भ गरेको हो ।

भेला पछि नेक्सजेनले नियमित रूपमा नवप्रवर्द्धक उद्यमीहरूसँग छलफल गरी उनीहरुलाई स्वदेशमै काम गर्ने गरि कार्यक्रम संचालन गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।


सम्बन्धित समाचार