Logo

२७ चैत,काठमाडौं– ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालको १४ सदस्यीय टोली घोषणा भएको छ।

एसीसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ। भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन्। अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन।

प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ। प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेबिया र कतार छन्। समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन्।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ। नेपाल, यूएई र ओमान विजेताको प्रमुख दाबेदार हुन्।

नेपालको टोली ः
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा।

 


सम्बन्धित समाचार