Logo

२९ चैत,वीरगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने आज वीरगञ्ज आउदै हुनुहुन्छ । हिजो मधेस प्रदेश स्तरीय सुरक्षा समन्वय बैठकमा आउनु भएका गहृमन्त्री लामिछाने त्यहिबाट वीरगञ्जमा आयोजना गरिने राजस्व चुहावट सम्बन्धी बैठकमा सहभागी हुन वीरगञ्ज आउनु भएको हो ।

उहाँ अहिले बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरको दर्शन गरी गण्डक स्थित होटल क्लार्कमा आयोजन हुने राजस्व चुहावट सम्बन्धी बैठकमा सहभागी हुने कार्यक्रम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो ।

राजस्व चुहावट नियन्त्रण समितिको बैठकपछि गृहमन्त्री लामिछाने वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगपनि छलफल गर्ने कार्यक्रम रहेको छ ।


सम्बन्धित समाचार