Logo

२९ चैत,वीरगञ्ज । बारा प्रहरीले १ लाखभन्दा बढी मूल्यका चिनी पक्राउ गरेको छ । प्रहरीले १ लाख ३२ हजार मूल्य बराबरका चिनी पक्राउ गरेको हो ।

प्रहरीले चलाएको जाँच अभियानका क्रममा फरफरक स्थानहरुबाट भन्सार छलीका चिनीका बोराहरु नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक सूचना अधिकारी दधिराम न्यौपानेले पुष्टि गरे ।

उनका अनुसार इलाका प्रहरी कार्यालय सिमराको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–७ बकुलिया चोकबाट २ वटा मोटरसाइकलमा लोड रहेको चिनी पक्राउ गरेको हो । प्रहरीलाई देख्नासाथ तस्कर भने मोटरसाइकल लिएर फरार भएका प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरी चौकी मुसहर्वाबाट खटिएको टोलीले बिश्रामपुर गाउँपालिका–३ बड्कीमुसहर्वाबाट ५० केजीको २० बोरा चिनी नियन्त्रणमा लिएको सूचना अधिकारी न्यौपानेले बताए ।

नियन्त्रणमा लिइएको चिनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनायो ।


सम्बन्धित समाचार