![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/04/438209148_406637805497934_5666366222658688813_n.jpg?fit=1600%2C1200&ssl=1)
१ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ अन्र्तगत तिलावे नदीस्थित वृद्धाश्रम शिलान्यास गरिएको छ । तिलावे नदीको पश्चिम–दक्षिण भागस्थित आज हनुमान वृद्धाश्रम शिलान्यास गरिएको हो ।
२ विगाहा जग्गामा निर्माण सुरु गरिएको उक्त वृद्धाश्रम संघीय सांसद अजय चौरसियाले शिलान्यास गरेका हुन । संघीय सरकारबाट विनियोजन भएको १ करोड रुपैँयाको बजेटको ठेक्का ६४ लाखको हाराहारीमा भएको वडा नम्बर १९ का अध्यक्ष मुकेश चौरसियाले जनाए ।
उनका अनुसार यो वृद्धाश्रम निर्माणका लागि समाजसेवी प्रेम टिवडेवालले जग्गा उपलब्ध गराएका हुन् । शिलान्यास गरिएको हनुमान वृद्धाश्रम पहिलो तल्लामा ११ वटा कोठासहित बाथरुमसमेत निर्माण गरिने जनाइएको छ ।
तिलावे पुल नजिकै आज शिलान्यास भएको वृद्धाश्रम यही १५ असारभित्र भवन निर्माणको कार्य सम्पन्न गर्ने गरी टेण्डर भएको हनुमान वृद्धाश्रम समितिले जनाएको छ।
शिलान्यास कार्यक्रममा समाजसेवी मुरलीधर रूगंटा अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, मधेस विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य, समाजसेवीहरू विनय साह, पशुपति बिक्रम शाह, उषा शाह, श्याम पोखरेल, दिपक टिबडेवाल, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, रक्तसंचार केन्द्रका मधुराणा, पत्रकार जगदिश शर्मा लगायतको उपस्थिती थियो ।