Logo

२ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारले चौथो पटक विश्वासको मत लिने तयारी गरेको छ । यही ४ बैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेको प्रदेश सभाको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारले ४ बैशाखमा चौथो पटक विश्वासको मत लिन तयारी गरेको प्रदेशसभाका सभाुमख रामचन्द्र मण्डलले बताए ।प्रदेश सभाका सभामुख मण्डलले मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको कार्यालयमा पत्र आएको जानकारी दिए ।

गएको ९ चैतमा कांग्रेस मधेश प्रदेशले सरकारबाट बाहिरिदैं दिएको समर्थन फिर्ता लिदैँ सरकारबाट बाहिरिएको थियो ।मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता सरोज यादवले प्रदेश प्रमुखलाई पत्र लेख्दै भनेका थिए,‘नेपालको संविधानको धारा १६८ अनुसार मुख्यमन्त्री नियुक्ती गर्नका लागि हामीले विश्वासको मत दिएका थियौं, तर आजैको मितिदेखि दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदैछौं ।’

यही संवैधानिक व्यवस्थाबमोजिम मधेश सरकारका मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत लिनको पत्रचार गरेको प्रदेश सभाका सभामुख मण्डलले बताए ।उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ४ बैशाखमा विश्वसाको मत लिनको व्यवस्थापन गर्नमा सहजीकरण गर्न भन्दै पत्र आएको छ ।‘यसका लागि प्रदेश सभाका सबै सदस्यलाई जानकारी समेत दिइसकिएको छ,’ सभाुमख मण्डलले भने ।

सरकारबाट समर्थन फिर्ता भएको २५ औं दिनमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन । मधेश प्रदेशमा दोस्रो पटक यादव नेतृत्वमा बनेको सरकारले १५ महिनामै चौथो पटक विश्वासको मत लिदैँछ ।
मधेश सरकारमा अहिले जसपा १९, माओवादी ९, एमाले २४, एकीकृत समाजवादी ७ र लोसपाको ८ जना प्रदेश सांसद मतदान गर्न पाउँनेछन् ।

यो तथ्यांकलाई हेर्ने हो भने अहिलेको समीकरणसंग ६७ जना प्रदेश सांसदको समर्थन रहेको देखिन्छ । प्रदेश सरकार निर्माणका लागि ५४ जना सांसदको समर्थन चाहिने अंकगणितीय हिसाब छ । मधेश प्रदेश सरकारमा अहिले १०७ जना प्रदेश सांसद छन् ।


सम्बन्धित समाचार