Logo

३ वैशाख, काठमाडौं । प्रदर्शनमा प्रहरीले चलाएको अश्रुग्यासबाट घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बर्दियाका नेताको आज विहान मृत्यु भएको छ ।
२७ चैतमा राप्रपाले राजधानीमा गरेको प्रदर्शनमा प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट घाइते भएका ठाकुर प्रसाद डककागीको उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।

मधुवन नगर कार्यसमितिका अध्यक्ष डककागीको उपचारका क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार प्रदर्शनको क्रममा प्रहरीले हानेको अश्रुग्यास प्रहारबाट उनको टाउकोमा समेत समस्या देखिएको थियो । उनले भने,‘उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उहाँको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो, सोमबार बिहान ४ बजे उहाँको निधन भएको छ ।

’डककागीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया नै लगिने श्रेष्ठले बताए ।

राप्रपाले संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै प्रदर्शन गरेको थियो ।


सम्बन्धित समाचार