Logo

६ बैशाख, काठमाडौँ । सुन तस्करी प्रकरणमा जोडिएका व्यवसायी जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ ले डिफ्युजन नोटिस जारी गरेको छ । ६० किलो सुन तस्करी मुद्दामा उनी फरार अभियुक्त हुन् ।

सुन तस्करी सम्वन्धि छानवीन आयोगले जीवन चलाउनेलाई बयान लिएर सिआइवीले छोडेको र चलाउनेले गरेको लिखित बयान सिआइवीबाट गायव भएको बिषयलाई सिआईवी प्रमुखमाथि विभागिय कार्वाहीको सिफारिस गरेको थियो । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा चलाउनेलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइएको नेपाल प्रहरीको भनाई छ ।

चलाउने तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिन्छन् । दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानको लागि बोलाएको थियो । तर, ब्युरोका अधिकारीहरूले ‘बयान कागज’ गराएर उनलाई रिहा गरिदिए ।

ब्युरोकी तत्कालीन प्रमुख किरण बज्राचार्यको निर्देशनमा छुटेका चलाउनेले गरेको ‘बयान कागज’ नै सीआईबीका अधिकृहरुले गायब बनाएको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । चलाउने भारतको चण्डीगढबाट दुबई हुँदै अमेरिकामा गएर लुकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

अनुसन्धानमा संलग्न एक दर्जन प्रहरी अधिकृतसँग निममित फोन सम्पर्कमा रहेका चलाउनेलाई प्रहरीले नै भगाएको आरोप लागेको छ ।


सम्बन्धित समाचार