Logo

७ वैशाख,वीरगञ्ज । पर्सा प्ररीले हिजो बीरगन्जको पम्पम बिल्डिङबाट छापामारी गरी बरामद कपडा आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार भेटघाटमार्फत बरामद भन्सार छलीको कपडा सार्वजनिक गरिएको हो ।

बरामद भन्सार छलीका कपडा १ करोड २० लाख मूल्य बराबरको रहेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।उनका अनुसार छापामारी गर्दा प्रहरी उक्त बिल्डिङबाट ठूलो परिमाणमा भन्सार छलीको कपडा बरामद गरेको थियो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा बीरगन्जका राम एकवाल कुश्वाहाको गोदामबाट १ वनटन र आकाश कुमार गुप्ताको गोदामबाट २ वानटन सर्टिङ, सुटिङ तथा पाइन्ट सर्टका कपडाहरु बरामद गरेको जनाएको छ ।
बरामद सबै कपडा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार