Logo

१० वैशाख,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले १५ लाख मूल्यका भन्सार छलीका बरामद गरेको छ । सशस्त्र प्रहरीले १५ लाख ३४ हजार ४६६ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।
वीरगञ्ज भन्सारस्थित खटिएका इलाका प्रस्तावित सीमा सुरक्षा गुल्मको सशस्त्र प्रहरीको टोलीले उक्त मूल्य बराबरका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीको जाँच अभियानका क्रममा भन्सार छली ल्याउँदै गरेको अवस्थामा कपडा, इलेक्ट्रोनिक्स, कस्मेटिक सामान, खाद्यन्न, जुत्ताचप्पल, खेलौना, मोटरपार्टस, एम्बिसनर कस्तुरी मदिरा लगायतका सामानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरिक्षक संगम श्रेष्ठले जनाए ।

यस्तै प्रहरीले सामानहरु ओसारपसार गर्न प्रयोग गरिएका १ वटा मोटरसाइकल र १ वटा स्कुटरसमेत नियन्त्रणमा लिएको उनले बताए । बरामद सामानसहित सवारीलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ


सम्बन्धित समाचार