Logo

१९ वैशाख, वी।रगञ्ज । नेकपा एमाले जिल्ला कमिटी पर्साको नवौ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया शुरु भएको छ । अध्यक्षका लागी सहमती जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा गएको हो ।

अध्यक्षका लागी ३ जनाले दावी गरेपछि सहमति मै चयन गर्ने कोशिस गरियो तर सहमति नजुटेको कारण निर्वाचन गरेरै अध्यक्ष चयन गर्ने प्रक्रियामा गएको निर्वाचन कमिटीले जनाएको छ ।

अध्यक्ष पदका लागी अहिलेका संयोजक डाक्टर विश्वम्भर शर्मा, पूर्व अध्यक्ष जयप्रकाश थारु र शिव पटेलले दावी पेश गरेका छन् । पटेल र थारु केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षक हुन् । भने वर्तमान संयोजक डाक्टर विश्वम्भर शर्मा संस्थापन पक्षका हुन् ।

अध्यक्ष पद आफ्ुलाई पाउनु पर्ने तिनै अकांक्षीले दावी गरेपछि सहमति हुन सकेन । निर्वाचन कमिटिले निर्वाचान तालिका सार्वजनिक गर्दै भोलि मतदान हुने जनाएको छ ।

तालिका अनुसार कमिटीले आज विहान सार्वजनिक गरेको नामावलीमा ५८२ जना मतदाता रहेका छन् । यस्तै आज विहान ९ देखी ९० बजे सम्म मतदाता नामावली उपर दावी विरोध गर्ने समय तोकिएको छ । तर नामावलीमा प्रकाशनमा केही ढिलाई भएको छ ।

सार्वजनिक तालिका अनुसार आज विहान १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारको मनोनयन दर्ता विहान १० देखि मध्यान्ह १२ बजे सम्म गरिने छ । दिउँसो ३ उम्मेदवारको नामावली प्रकाशन, ३ देखि ४ बजे सम्म उम्मेदवारको विरुद्ध उजुरी दिनसक्ने समय निर्धारण गरिएको छ ।

दिउँसो ४ बजे देखि ५ बजेसम्म दावी विरोधको उपयुक्त छानविन गर्ने, उम्मेदवारको नाम फिर्ता लिने समय साँझ ५ बजे देखि ६ बजे सम्म दिएको छ भने उम्मेदवारको अन्तिम नामावली बेलुका साढे ७ बजे प्रकाशन गरिने निर्वाचन कमिटीले जनाएको छ ।

भोलि विहान ७ बजे देखि दिउँसो ३ बजे मतदान कार्यक्रम हुनेछ भने मतदान सकिए लगतै मतगणना गरिने कमिटी सार्वजनिक गरेको निर्वाचन तालिकामा उल्लेख छ ।


सम्बन्धित समाचार