Logo

२० वैशाख,वीरगञ्ज । बाराबाट प्रहरीले १ लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले १ लाख २२ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो । प्रहरीले चलाएको जाँच अभियानका क्रममा जिल्लाका फरकफरक स्थानहरुबाट उक्त मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा–१० नितनपुर चोकबाट १० हजार ५ सय मूल्यका सामान बरामद गरेको हो । वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको बा प्र ०२ ००६ ख ५८५८ नम्बरको बसबाट ५० किलोग्राम चिनी र १०० किलोग्राम प्याज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी महागढीमाइ नगरपालिका–२ भनसियाबाट प्रहरी चौकी बरियारपुरको टोलीले बिआर ०५ के ५४१० भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित अन्दाजी ९० किलोग्राम ६ बोरा सुर्ती ७२ हजार मूल्यको नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताए ।

प्रहरी चौकी मुसहर्वाको टोलीले बिश्रामपुर गाउँपालिका–३ मुसहर्वाबाट साइकलमा वाइरिङबोड ४० हजारको बरामद गरेको प्रहरीको भनाइ छ । बरामद सामानहरु आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।


सम्बन्धित समाचार
भर्खरै