Logo

२१ वैशाख, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सांसद अभिराम शर्मा निलम्बित भएका छन् । प्रदेश सभा सदस्य शर्मालाई मधेश प्रदेशको सभामुखको कार्यालयले निलम्बन गरेको हो ।

महोत्तरी जिल्ला अदालतबाट प्रदेश सांसद शर्मालाई जन्मकैदको फैसला भएकोले उनलाई प्रदेश सभा सदस्यबाट निलम्बन गरिएको प्रदेश सभा सचिवालयका सचिव अरुण कुमार झाले बताए । जन्मकैद भएका शर्मालाई प्रदेश सभा कार्य सञ्चलान नियमावली २०७५ को नियम २१० को उपनियम(४) बमोजिम प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको प्रदेश सभा सचिवालयका सचिव झा बताउँछन् ।


सम्बन्धित समाचार