Logo

२३ वैशाख, काठमाडौं । सिधाकुरा डटकम विरुद्ध अदालतको अवहेलना सम्बन्धी अर्को मुद्दा पनि परेको छ ।

अदालतको अवहेलना गरेको आरोपमा अधिवक्ता अनुपम भट्टराईले सिधाकुरा डटकमका सञ्चालक र कार्यकारी सम्पादकलाई कारवाही हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन पेश गरेका हुन् । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेश गर्नुअघि नै आफूले निवेदन दिएको तर बिहीबार मात्रै दर्ता भएको जानकारी पाएको अधिवक्ता भट्टराईले बताए ।

उपरजिस्ट्रार घिमिरेले पेश गरेको प्रतिवेदनको आधारमा सर्वोच्च अदालतले सिधाकुरा डटकमलाई स्टिङ अपरेशनको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित छलफल भएको भनी लेखेको समाचार हटाउन आदेश दिएको थियो । साथै त्यस विषयमा पुनः समाचार नलेख्न पनि आदेश दिएको थियो ।

यो मुद्दामा आइतबार पनस आरोपितहरुको बयान भइरहेको छ । बयान भएपछि कानुन व्यवसायीहरुको बहस शुरु हुनेछ । अधिवक्ता भट्टराईले पेश गरेको अदालतको अवहेलना निवेदनमा भने आइतबार न्यायाधीशहरु कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।

 


सम्बन्धित समाचार