Logo

२७ वैशाख , बारा ।  निजगढमा खुवा उत्पादन मौलाउँदै गरेको छ । निजगढमा २६८ जना किसानले व्यावसायिक रुपमा कराहीमा दुध घोटेर खुवा उत्पादन गर्ने गरेका छन् ।

जसबाट वार्षिक १८ करोड रुपैयाँको कारोबार हुने गरेको कुशल व्यवसाय तथा परामर्श तालिम केन्द्रका प्रमुख सरोज कोइरालाले जानकारी दिए ।

निजगढका खुवा उत्पादक किसानलाई कुशल व्यवसाय तथा परामर्श तालिम केन्द्रले लेबलिङ, ब्राडिङ, प्याकेजिङ, बजारीकरण तथा अन्य प्राविधिक सहयोग गर्दै आएको छ । सो संस्थाको प्राविधिक सहयोगमा तिमिल्सिना परिवारले खुवा पकाउने मेसिन दिल्लीबाट ल्याएको हो ।

निजगढ नगरपालिका वडा नं.६ का पशुपालक किसान प्रेमप्रसाद दंगालले सामुदायिक डेरीहरूले दुध धेरै भएर नलिएको अवस्थामा किसानले निजी डेरीमा दुध बिक्री गर्ने गरेका छन् ।निजगढमा अहिले व्यावसायिक रुपमा ३ वटा उद्योगले खुवा उत्पादन गरेर देशका विभिन्न भागमा पु¥याउने गरेका छन् ।

पहिला दिनभर लागेर खुवा घोट्नुपर्थ्यो भने अहिले मेसिनबाट २० मिनेटमा २० लिटर दुधको खुवा तयार हुने गरेको कोईरालाले बताए । पहिला ६० किलो दुधका लागि सय किलो दाउरा लाग्थ्यो भने अहिले २० किलो दाउराले पुग्ने गरेको उनले बताए ।

निजगढमा उत्पादन भएको खुवा एक दिन बिराएर १० देखि ११ क्वीन्टलसम्म काठमाडौँ जाने गरेको उनले बताए । निजगढको खुवा बनेपा, धुलिखेल, पनौती, जनकपुर र वीरगञ्जका मिठाइ पसलहरू, सप्तरीको बाजेको पेडा भण्डार र स्थानीय बजार जाने गरेको स्थानीय किसानहरु बताउने गर्दछन् ।

निजगढ नगरपालिका दुध उत्पादन, खुवा, मह र केरा खेतीका लागि प्रसिद्ध छ । किसानहरूले उत्पादन गरेका यी उत्पादनको ब्राण्डिङ, लेबलिङ र बजारीकरणमा भने निजगढ नगरपालिकाले कुनै सहयोग नगरेको किसानहरूको गुनासो छ ।

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले खुवाको उत्पादन तथा बजारीकरणका लागि चालु आर्थिक वर्षमा कुनै कार्यक्रम नभएको  बताए ।


सम्बन्धित समाचार