Logo

२८ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रथम मेयर विजय कुमार सरावगीले नेकपा एमालेबाट राजीनामा दिएका छन् । २०७८ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीति गरेका पूर्व मेयर सरावगीले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

२०७९ सालको स्थनीय तहको निर्वाचनमा एमालेको तर्फबाट वीरगन्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएकोमा पार्टी र पार्टीका अध्यक्षप्रति सधैं ऋणी रहने बताउदै त्यसपछि पार्टीले केन्द्रीय सल्लाहकारमा मनोनित गरेको थियो ।

केन्द्रीय सल्लाहकारमा पार्टी दिएको भूमिकाले राजनीतिमा सक्रिय भन्दा पनि निस्क्रिय बनाएको निष्कर्ष निकाल्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएको सरावगीले लेखेको राजीनामा पत्रमा उल्लेख छ । उनले राजीनामा स्वीकृत गरी स्वतन्त्र रुपमा जनताकोबीचमा गएर निर्वाचित भएका थिए ।


सम्बन्धित समाचार