Logo

२८ वैशाख,वीरगञ्ज । बारा प्रहरीले झण्डै २१ लाख मूल्यका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले २० लाख ९७ हजार ८२५ मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्लाका फरकफरक स्थानहरुमा प्रहरीले चलाएको अभियानका क्रममा सामानसहित ट्रक पक्राउ गरेको बाराका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले वीरगञ्जबाट उदयपुरतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रक जीतपुर–७ बाट नियन्त्रणमा लिएको हो । ट्रकमा लोड रहेका २० लाख ८३ हजार १५५ रुपैँयाका खुद्रा सामानको स्रोत नखुलेकोले नियन्त्रणमा लिएको उनले बताए ।

यसैगरी इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले जीतपुरसिमरा–२१ अमलेखगञ्जबाट १४ हजार ६७० रुपैँयाका सामानहरु पक्राउ गरेको प्रहरीले जनाएको छ । वीरगञ्जदेखि नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ११४२ नम्बरको बसमा राज निवास ४९ प्याकेट, माजा सुपारी ३५ प्याकेट, प्याज १५० किलोग्राम र सिद्रा माछा २० किलो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

बारमद सामानसहित ट्रक आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार