Logo

२८ वैशाख,वीरगञ्ज । मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई समिरले समस्याग्रस्त अवस्थामा रहेको धनुषा पर्यटन कार्यलयलाई नयाँ कार्यालय प्रमुख सहित व्यवस्थित बनाउन लागि पर्नुभएको छ ।

बिभिन्न कारणले गर्दा लामो समयदेखि समस्या ग्रस्त अवस्थामा रहेको धनुषा जिल्लाको पर्यटन कार्यालयमा नयाँ कार्यलय प्रमुख पठाएर नियमित काम सुचारु गर्न मन्त्रालयका सचिव सहित आफै उपस्थित हुनुभएको छ । मन्त्रालयका सचिव सुशील साह सहित पर्यटन कार्यालय धनुषामा पुगेर कर्मचारीहरुलाई जनतामैत्री काम गर्न हौसला प्रदान गर्नुभएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुर धार्मिक पर्यटनको हिसाबले पनि महत्वपूर्ण रहेकोले पर्यटन कार्यालयलाई व्यस्थित गरी पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि व्यवस्थित गरी पर्यटक भित्र्याई आर्थिक विकास समेत गर्न सकिने भएकोले पर्यटन कार्यालय व्यवस्थित गरिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार