Logo

३१ वैशाख , बारा । वीरगंज पथलैयाको ६ लेनको सडकखण्डमा रहेका खल्डाखुल्डी कारण दुर्घटनाको जोखिम बढेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ७ जीतपुर स्थित केराढोकाको अगाडी खल्डाखुल्डी हुँदा अहिले दुर्घटनाको जोखिम बढेको छ ।

६ लेन सडकमा खल्डाखुल्डी हुँदा समेत सम्बन्धित निकायको ध्यानाकर्षण छैन । राजमार्ग भनेको तोकिएको गतिमा गाडी गुड्ने मार्ग हो । राजमार्गमा गाडी तिब्र गतिमा चल्ने गरेको कारण खल्डाखुल्डीले दुर्घटनाको जोखिम बढेको स्थानियहरुले बताएका छन् ।

खल्डाखुल्डी भएकै बाटो भएर जीतपुरसिमरा उपमहानगरका जनप्रतिनिधि देखि लिएर मन्त्रीहरु समेत हिड्ने गरेका छन् । तर अहिले सम्म खल्डाखुल्डी भएको बाटोमा कसैको ध्यानाकर्षण हुन नसक्नु दुःखद भएको जीतपुरका स्थानिय जितेन्द्र सराफले बताए ।

उनले भने ‘वीरगंज पथलैया ६ लेन सडकखण्डमा गाडीहरु तिब्र गतिमा गुडने गर्छ, तिब्र गतिमा गाडी गुड्ने भएकोले खल्डाखुल्डीमा मोटरसाइकल बढी दुर्घटना हुने जोखिममा छ ।’ केराढोका अगाडी रहेको ६ लेन सडकखण्डमा  ५ ठाउँमा खल्डाखुल्डी छ ।

६ लेन सडक बनेको ४ बर्षमा पटक पटक सडक डिभिजन कार्यालयले मर्मत गर्ने गरेको छ । सडक डिभिजन कार्यालयको चरम लापरवाहीको कारण र ठेकेदार कम्पनीमो कमसल समाग्री प्रयोगको कारण अहिले बारा जिल्लाको कतिपय सडक १ बर्ष नबित्दै ग्राभेलमा परिणत हुने गरेको छ ।

६ लेन सडकमा भएको खल्डाखुल्डी समयमै मर्मत गर्नु आवश्यक छ । करिब २ महिना देखि सडकमा रहेका खल्डाखुल्डी भर्नका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण छैन ।

ती सडकमा रहेका खल्डाखुल्डीका कारण ठुलो दुर्घटना हुनसक्ने भएकाले समयमै मर्मत हुनुपर्ने स्थानियको माग छ ।


सम्बन्धित समाचार