Logo

०१ जेठ, काठमान्डौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गरिने भएको छ ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठक बसेर मात्रै निर्णयमा पुग्ने बताए ।

काँग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रुपमा आफू लागिपरेको बताएका प्रमुख सचेतक लेखकले जानकारी दिए । उहाँले प्रधानमन्त्रीको आग्रहबारे संसदीय दलको बैठकले निर्णय लिने बताए ।

छलफलका लागि प्रधानमन्त्री दाहालले बोलाएपछि काँग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक लेखक बालुवाटार पुगेका थिए । छलफलमा प्रधानमन्त्री दाहालले सहकारीका समस्या समाधानका लागि सबैसँग छलफल गरेर अघि बढिरहेको प्रधानमन्त्रीको भनाइ रहेको प्रमुख सचेतक लेखकले बताए ।

‘मुलतः प्रधानमन्त्रीज्युले दुई वटा कुरा भने  । समस्या जुन छ, सहकारी ठगी प्रकरणमा भएको समस्या समाधान गर्न मैले पूरै कोशिस र काम गरिरहेको छु र समस्या समाधान गर्न प्रयासरत छु भने  राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरिदिनुस्, सहयोग गरिदिनुपयो भनेका छन्  । म समस्या समाधानका लागि लागिपरेको छु भनेका छन्  हामीले उनले भनेका  कुरालाई संसदीय दलको बैठकमा निर्णय गरेर निस्कर्षमा पुग्छौँ  भनेका छन्  । समस्या समाधानका लागि सबैसँग छलफल गरिरहेको र समस्या समाधान गर्ने प्रयत्नमा छु भने , यसलाई हामी व्यवहारमा देख्न चाहन्छौँ । सहकारीको यत्रो ठूलो रकम अपचलनमा उहाँ जिम्मेवार हुनुहुन्छ । काँग्रेस डराउनुपर्ने कारण छैन । प्रधानमन्त्रीले भनेको कुरा सरोकारको विषय हो ।’ प्रमुख सचेतक लेखकले भने  ।

प्रमुख सचेतक लेखकले सहकारी समस्या समाधानको विषयमा प्रधानमन्त्री दाहालले जनाउनुभएको प्रतिवद्धता काँग्रेसले व्यवहारमा देख्न चाहेको बताए ।


सम्बन्धित समाचार