Logo

१ जेठ,सिराहा । सिराहाको लहानमा बम पड्काएर चार घरमा लुटपाट गरिएको छ । सोमबार मध्यराति अपरिचित समूहले बम पड्काएर चार घरमा लुटपाट गरिएको सिरहा प्रहरीले जनाएको छ ।

लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर चार घरमा लुटपाट गरेका सिरहाका एसपी रमेश पण्डितले बताए । सिरहा प्रहरीका अनुसार चार घरबाट करिब चार लाख रुपैयाँ लुटपाट गरिएको छ । घटनास्थलमा पड्किएको सुतली बम र एउटा नपड्किएको बुलेटको गोली प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार स्थानीय राजदेव यादव, अजय कुमार यादव, राम अवतार ठाकुर र निरञ्जन यादवको घरबाट लुटपाट भएको हो । अपरिचित लुटेरा समूहले चारवटै घरबाट नगद र सुनचाँदीका गरगरहना लुटेर भागेको पीडितहरुले प्रहरीमा बयान दिएका छन् ।

लुटपाट गर्न पडकाइएको बमको छर्रा लागेर ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका योगेन्द्र यादव र निरञ्जन यादवलाई थप उपचारका लागि विराटनगर लगिएको छ । अन्य घाइतेहरुको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको एसपी पण्डितले जनाए ।


सम्बन्धित समाचार