Logo

४ जेठ,वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्साको वीरगञ्ज महानगरपालिका आउन लागेका छन् ।

नगर सभा गृह÷ टाउन हलमा आयोजित कार्यक्रममा सरिक हुन उनी वीरगञ्ज आउन लागेका हुन् । एमाले पर्साको ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम आज हुदैँछ ।

कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष ओली हुन् । कार्यक्रम केहिबेरमा सुरु हुँदैछ ।

यसअघि आजै बिहान उनले बाराको प्रसौनी गाउँपालिकास्थित नवनिर्मित प्रशासकिय भवनको उद्दघाटन गरेका छन् ।
बैशाख ३१ गते बारा र ज्येष्ठ १ गते वीरगञ्ज आउने कार्यक्रम तय भएपनि अस्वस्थ्यताका कारण अध्यक्ष ओली आउने कार्यक्रम स्थगित भएको थियो । सोही स्थगित कार्यक्रमहरुमा सहभागी हुन उनी मधेश प्रदेशका यी जिल्लाहरु आएको नेकपा एमाले पर्साका नवनिर्वाचित सचिव महेश दासले जनाए ।


सम्बन्धित समाचार