Logo

६ जेठ,काठमाडौं । सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकले छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलको हिजो बालुवाटारामा बसेको बैठकले सहकारी ठगी प्रकरणमा छानबिनका लागि समिति गठन गर्ने सहमति भए लगत्तै कार्यदल बनाइएको थियो ।

कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।शनिबारको बैठकमा दलहरुबीच छानबिन समिति गठन गर्ने सहमति भए पनि सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा केही खुलाइएको छैन ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएकाले नाम किटेरै समिति गठन गर्नुपर्ने माग राख्दै पटक पटक संसद बैठक अवरुद्ध गर्दै आएको छ ।


सम्बन्धित समाचार