Logo

६ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भोली लिनको लाागि विश्वासको मत रोक्न सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ। सोमबार प्रतिनिधि सभाबाट लिन लाागिएको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्धाानमन्त्रीले लिन लागेको विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट लिएर पुगेका हुन् । सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले यादवको रिट सर्वोच्च आइपुगेको र प्रक्रिया पु¥याएर दर्ता गर्ने तयारी रहेको जनाए ।

जसपाको आान्तरिक विवादको टुंगो लागिनसकेको भन्दै प्रधानमन्त्रीले लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले निवेदकमार्फत माग गरिएको छ । यादवले जसपा नेपालबाट अलग भएका सात जना पार्टीविहीन भएको र उनीहरू जसपा नेपाल र जसपा दुबैको सांसद नभएको जिकिरसहित उनीहरूले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन् ।


सम्बन्धित समाचार