Logo

८ जेठ,वीरगञ्ज । लागुऔषध सहित पर्साबाट २ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले बा.प्र.०३-०२-प ९४५० नम्बरको स्कुटरलाई रोकेर जाँच गरेको थियो । सोही क्रममा स्कुटरको सिटमुनी प्लाष्टिकको झोलाभित्र लुकाइछिपाई राखिएको अवस्थामा लागूऔषध बरामद भएको पर्सा प्रहरीका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

उनीहरुको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १५१ ग्राम र अफिम जस्तो देखिने पदार्थ १५४ ग्राम फेला परेको डिएसपी थापाले बताए ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ बस्ने २९ समुन्द्र साह र सोही ठाँउका २४ वर्षका अमिर बाँनिया रहेका प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरी बताँउछ ।


सम्बन्धित समाचार