Logo

११ जेठ,,जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाका पक्षमा बहस गर्न राजधानीका चर्चित अधिवक्ताहरु जनकपुर झरेका छन् ।

प्रहरी हिरासतमा रहेका सिरोहियालाई आज दोस्रो पटक म्याद थप्पन पुनः अदालतमा लगिएको छ । दोस्रो पटक म्याद गर्न लगिएको सिरोहियाका पक्षमा बहस गर्न राजधानीबाट चर्चित वकिलहरु मधेश राजधानी जनकपुर आइपुगेका हुन ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा धनुषा प्रहरीले चलाएको मुद्दा अन्तर्गत आज बयानको लागि सिरोहियालाई सरकारी वकिल कार्यालयमा लगिएको छ । स्रोतका अनुसार प्रहरीले अनुसन्धान नसकेको भन्दै सिरोहियालाई आज पुनः अदालतमा पेश गरेर म्याद थप्न माग गरेको छ ।

वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, दिपेन्द्र झा, सिताराम भटृटराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोबिन्द बन्दी, रमण कर्णसहितकाले सिरोहियाको पक्षमा बहस गर्न जिल्ला अदालत पुगेका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अहिले धनुषा प्रहरीको नियन्त्रणमा छन् । सिरोहियालाई उनकै मिडिया हाउसको केन्द्रीय कार्यालय थापाथलीबाट मंगलवार साँझ पक्राउ गरिएको थियो ।

बुधवार धनुषा प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेको थियो । सोही बमोजिम जिल्ला सरकारी वकिल कार्यालयले ५ दिनको म्याद थप्न सिफारिस गरेकोमा अदालतले पहिलोपटक तीन दिनको म्याद दिएको थियो


सम्बन्धित समाचार