Logo

१९ जेठ,जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरमा श्रमाधान रोजगार मेला सुरु भएको छ । आज र भोली दुई दिन चल्ने मेलाको उद्धघाटन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरेका हुन् ।

मेलाको उद्धघाटन गर्दै मन्त्री अर्यालले मधेश प्रदेशमा रोजगार क्षेत्रमा निकै समस्या रहेको र यहि प्रदेशबाट उल्लेख्य सङख्यामा नागरिकहरु बैदेशिक रोजगारीमा जाने गरेको बताए । उनले आफ्नो उद्योगमा धेरैभन्दा धेरै युवाहरुलाई रोजगार दिन प्रदेशका उद्योगीहरुसँग आग्रह गरेका छन् ।

श्रमाधान रोजगार मेलाले श्रम क्षेत्रका समस्या समाधान गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास उनले व्यक्त गरे । मन्त्री अर्यालले भने, ‘ यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न सकिदैन, तर पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।’

आगमी दिनहरुमा यसलाई अझ व्यापक बनाउँदै लगिने उनको भनाइ थियो । उनले यो मेलाबारे जानकारी गराइ सकेसम्म देशको श्रम बजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न पनि सम्पूर्ण नागरिकसँग अनुरोध गरे ।

मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरू लगायत ३५ भन्दा बढी स्टलहरू राखिएको छ ।


सम्बन्धित समाचार