Logo

२० जेठ,सप्तरी । ट्र्याक्टर दुर्घटना हुँदा सप्तरीमा दुई जनाको ज्यान गएको छ । भने दुर्घटनामा थप २२ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा सिरहाको लाहान नगरपालिका वडा नम्बर–१९ घर भएका मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का सुशिल राम रहेका छन् । हिजो बेलुका कञ्चनपुर–राजविराज हुलाकी सडकखण्डमा पर्ने सुब्बाटोलमास १ त ६२९५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको थियो ।

राजविराजबाट आँप लिएर कञ्चनपुरतर्फ गुडिरहेको ट्र्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको हो । घाइतेमध्ये आठ जना उपचारपछि घर फर्किएका छन् ।

१४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार