Logo

३१ जेठ, काठमाडौँ । कुवेतको मङ्गाफमा रहेको श्रमिक क्याम्पमा बुधबार (हिजो ) भएको आगलागीमा तीन जना नेपाली सामान्य घाइते भएका छन् । त्यो क्याम्पमा पाँच जना नेपाली रहेकोमा तीन जना सामान्य घाइते भएका र दुई जना सुरक्षित रहेका कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार आगलागीबाट शिवशंकर पासवान, दोर्जे लामा र दिनेशकुमार मण्डल सामान्य घाइते भएका हुन् । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले घाइते भएका नेपाली श्रमिकको विषयमा जानकारी लिनुभएको छ ।

हिजो नेपाली दूतावासमा सम्पर्क गरेर मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको विषयमा जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

आप्रवासी कामदार बस्ने क्याम्पमा भएको आगलागीमा अरु देशका ४१ जनाको ज्यान गएको छ ।


सम्बन्धित समाचार