Logo

३ असार, काठमाडौं । सरकार र आन्दोलनरत पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको छलफलमा ट्यांकर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको छ ।

समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । निगमको नायब कार्यकारी निर्देशकको संयोजनमा बन्ने समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति छ । सरकार र ट्यांकर चालकबीच सहमति भएसँगै तेल आपूर्ति सुरु भएको छ ।

चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबारदेखि आन्दोलन सुरु गरेका थिए ।

उनीहरुको आन्दोलनका कारण देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो । सम्पूर्ण ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने सङ्घको माग छ ।


सम्बन्धित समाचार