Logo

१० असार,वीरगञ्ज । उपकार सेवा नेपाल नामक संस्थाले वीरगञ्जको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ९ गोश्वारास्थित श्री नेपाल रेल्वे माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।

विद्यालयमा अधययनरत कक्षा शिशुदेखी ५ कक्षासम्मका ३२८ जना बालबालिकाहरुमध्ये अति विपन्न र छात्राहरुका लागि मात्र गरी १२७ जनालाई शैक्षिक सामग्री वितरण गरेको सामाजिक अभियान्ता प्रकाश थारुले बताए ।

विद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी प्रति विद्यार्थी १ थान स्कुल ब्याग, २ थान कपी, १ थान पेन्सिल, १ थान ईरेजर र १ थान कटर साथै ६ जोडी जुत्ता समेत वितरण गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी, विद्यालयका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार, सहायक प्रधानाध्यापक मनोज यादव, सचितानन्द लाल कर्ण, किरण सिंह, उषा पान्डे लगायत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका तर्फबाट अभिभावक पद्मा देबी सरावगी तथा सदस्यहरु सुमन बगेडिया, अँकुश शर्मा, सगर सर्राफ तथा नेहा सर्राफको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रौनियारले उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीलाई दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेका थिए ।


सम्बन्धित समाचार