Logo

११ असार,कोलम्बो । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि भन्दै १५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

परियोजनाले स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने प्राथमिक चिकित्सा सेवा संस्थाको प्रयोग बढाउने र हेरचाहको गुणस्तर सुधार गर्न मद्दत गर्ने विश्वास लिइएको विश्व बैंकले जनाएको छ ।
श्रीलङ्कामा प्राथमिक स्वास्थ्य सेवा सुविधाको कम उपयोग भएको छ । तर हेरचाह सुविधा लिन भने बढी भीड लाग्ने गरेको छ ।

विश्व बैंक समर्थित अघिल्लो परियोजनाले पहिले नै ५५० प्राथमिक चिकित्सा सेवा संस्थालाई आवश्यक उपकरण, औषधि, स्वास्थ्य कार्यकर्ता र आधारभूत प्रयोगशाला परीक्षण सुविधासहित विस्तार गरिसकेको छ ।


सम्बन्धित समाचार