Logo

१४असार,वीरगञ्ज । पर्सा प्रहरीले हुण्डी कारोवारमा संलग्न एक जना भारतीयलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको जगरनाथपुर गाउँपालिकाबाट ५ लाख ५० हजार स्रोत नखुलेको रकमसहित एक जना भारतीयलाई पक्राउ गरेको हो ।

प्रहरीले भारत विहार बेतिया जिल्ला इनर्वा गाउँका सिताराम कुश्वाहालाइ पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा चलाएको जाँचमा जगरनाथपुर गाउँपालिकाको मसिहानीबाट उनलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

पक्राउ परेको कुश्वाहाको साथबाट एक हजार दरका ५ सय थान थान र ५ सय दरका १ सय थान नेपाली रुपैयाँ बरामद गरेको जानकारी दिएको छ । नेपाली नोटसहित प्रहरीले उनको साथबाट मधेश प्रदेशको ०३–०२६प ५५९२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको बताएको छ ।

पक्राउ परेको कुश्वाहालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया सुरु गरेको जनाएको छ ।


सम्बन्धित समाचार