Logo

१५ असार, काठमाडौं ।  संयुक्त राष्ट्र सङ्घले सुडानका १४ क्षेत्रमा भोकमरी हुनसक्ने चेतावनी दिएको छ ।

ग्रेटर डार्फर, ग्रेटर कोर्डोफान र अल जजिरा राज्यका साथै खार्तुमका केही ठाउँ गरी १४ वटा क्षेत्रमा भोकमरीको जोखिम रहेको संयुक्त राष्ट्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

सुडानका १० राज्यका सात लाख ५५ हजार जना मानिस भोकमरीको विपत्तिजनक अवस्थाको सामना गरिरहेका पनि उल्लेख छ । सुडानका ८५ लाख मानिस अर्थात् १८ प्रतिशत जनसङ्ख्या खाद्य सुरक्षाबाट पीडित रहेका राष्ट्रसङ्घको भनाइ छ ।

सुडानमा सन् २०२३ अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीच लडाइँ चलिरहेको छ ।

यो द्वन्द्वका कारण १६ हजार छ सय ५० जनाभन्दा धेरैले ज्यान गुमाइसकेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार