Logo

१५ असार,वीरगञ्ज । नेपाल जनता पार्टी(नेजपा) पर्सा जिल्ला समितिको बैठक आज ११ बुंदे निर्णय गर्दै सम्पन्न भएको छ ।

वीरगन्जको राणीसति मन्दिरमा भएको बैठकमा संगठन विस्तार, हिन्दू राष्ट्र नेपाल स्थापनाका लागि जनजागरण कार्यक्रम, सनातन धर्म रक्षका लागि सरोकारवालाहरुसंग भेटघाट एवम अन्तरक्रिया, गौ हत्या वा तस्करी विरुद्ध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यस्तै धर्म–परिवर्तन, लबजिहाद, सरकारी एवम निजी क्षेत्रमा हिन्दू देवी देवताको फोटो दुरूपयोग, हरेक स्थानीय तहमा कोणसभा, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम, प्रशिक्षण कार्यक्रम, धार्मिक स्थलको विकासबारे सरोकरवालाहरुको ध्यानआकर्षण गराउने, छुवाछूत र भेदभाव बारे जागरण, समाजमा राम्रो कार्य गर्ने लाई सम्मान गर्ने जस्ता विषयमा गहन छलफल भएको पार्टीका बरिष्ठ नेता संतोषानन्द महाराजले जानकारी दिनुभयो ।

बैठकमा बोल्दै नेताहरुले २०८४ सालको निर्वाचनमा नेपाल जनता पार्टीलाई पर्सा जिल्लाको पहिलो पार्टी बनाउन जोड़ दिएका थीए ।

सनातन धर्मको अपमान गर्नेहरुको प्रतिकार गर्न युवा मोर्चालाई निर्देशन गरिएको बैठकमा सहभागी नेताहरुले बताएका छन् । समाजमा हुने धार्मिक एवम सामाजिक कार्यमा रचनात्मक भुमिका निर्वाह गर्न सम्पूर्ण अगुवा नेताहरूलाई परिपत्र जारी गरिएको पार्टीले जनएको छ ।

बैठकमा नेजपाका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, अधिवक्ता बिनोद कुर्मी, पिया सिंह, मधेश प्रदेश समिति सदस्यहरु पारस दुबेदी, रामप्रसाद कुर्मी, विभा साह, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाध्यक्षहरु धीरज साह, सचितानंद गिरी, महामंत्री नवीन मिश्रा, जिल्ला सदस्यहरु संतोष कुशवाहा, प्रमोद शर्मा, पिउस गुप्ता, मनोज सर्राफ, विनय सिंह, सामंत कुमार दीप, राजेश साह, वरिष्ठ सल्लाहाकार सोहर बाबा, हनुमान दास लगायतको सहभागी रहेको थियो ।

बैठकले नेजपा पर्सा जिल्ला समितिका मंत्री आनन्द सिंह कुर्मी ज्यूको पूजनीय आमा स्वर्गीय बिन्दा देवीको निधनप्रीत शोक प्रस्ताव पारित गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छे । विन्दादेवीको असार ७ गते उपचारको क्रममा भरतपुरमा निधन भएको थियो ।


सम्बन्धित समाचार