Logo

१७ असार,काठमाडौं । एकजना पनि संघीय मन्त्रीहरू नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले सोमबार बिहान साढे ११ बजे बैठक सुरू गर्नेबित्तिकै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को कोही सदस्य नआएको भन्दै ध्यानाकर्षण गराए ।

त्यसपछि सरकारका कोही पनि प्रतिनिधि नआएको भन्दै सभामुख घिमिरेले बैठक १५ मिनेटलाई स्थगित गरेको घोषणा गरे । सोमबारको संसद बैठकमा मन्त्रीसँग सांसदहरूको पनि संख्या न्यून छ ।

 


सम्बन्धित समाचार