Logo

सांकेतिक तस्वीर

१७ असार,काठमाण्डौ । बर्खा लागेसँगै नेपालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । बर्खाको चार÷पाँच महिना सर्पको डसाइको प्रकोप नै हुने गरेको छ । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ ।

सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पु¥याउनुपर्ने चिकित्सक बताउँछन् ।

बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पु¥याए सर्पदंशका सबै बिरामीको उपचार सम्भव भएको नेपाली सेनाका चारआलीमा रहेको अरिदमन गणका स्वास्थ्य प्राविधिक कृष्ण थापाले बताउनुभयो । सर्पदंश उपचार केन्द्र चारआलीमा मुख्य प्राविधिक रहनुभएका उहाँले पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी र हिमाली भेगमासमेत सर्पको बिगबिगी बढ्न थालेको बताउनुभयो । तराईमा गोमन र करेत सर्प बढी विषालु छन् ।

पहाडी क्षेत्रमा गुर्बे र हरेउ विषालु सर्प मानिन्छन् । बर्खायाममा मानिसलाई डस्ने मुख्य सर्प यिनै हुन् । सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । देशभर ८८ उपचार केन्द्र रहेकोमा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा सञ्चालित छन् । रासस

 


सम्बन्धित समाचार