Logo

१७ असार,वीरगञ्ज । वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखामा भिषण आगलागी भएको छ ।

आर्दशनगरस्थित रहेको बंैँकको शाखामा आज अपरान्हदेखि आगलागी सुरु भएको हो । बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको प्रहरीले जनाएको छ ।

अहिले ७ वटा दमकलको सहयोगबाट आगो निभाउन प्रयास भइरहेको वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर पुष्कर बोगटीले जनाए । आगलागी केहि हदसम्म नियन्त्रणमा आएको उनी बताँउछन् ।

वीरगञ्ज महानगरपालिका, नेपाल प्रहरी, पोखरीया नगरपालिका र सिमराबाट आएको दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

उनका अनुसार आगलागीका कारणबारे भने खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी पुगेको छ ।


सम्बन्धित समाचार