![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/03/Upendra-yadav-59dde98827c0d1.95266383_7oCaNley4Y.jpg?fit=750%2C425&ssl=1)
१८ असार,काठमाडौँ । जनमत समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न काँग्रेस र एमाले गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने बताएका छन् ।
यद्यपि, नयाँ सत्ता सहकार्यको विषयमा गाइँगुइँ कुरा भएपनि आफूहरूसँग औपचारिक रूपमा छलफल भने नभएको उनले बताए । ‘प्रचण्ड’ले सत्ता जोगाउन आफ्नो पार्टी फुटाइदिएको भन्दै उपेन्द्रले असन्तुष्टि पोख्दै आएका छन् ।
उनले भने, ‘हामीसँग छलफल नभए पनि हाम्रो समर्थन, सहयोग र साथ रहन्छ ।’