Logo

१८ असार,वीरगञ्ज । नेपाली काग्रेंसका वरिष्ट नेता शेखर कोइरालाले वीरगञ्जमा गिरिजाप्रसाद कोइरालाको पूर्णकदको शालिक अनावरण गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ इदगाहचोकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कोइरालाको पूर्णकदको शालिक अनावरण गरेका हुन् ।

स्वर्गीय कोइरालाको १०१ औँ जन्मजयन्तीको अवसरमा आज शालिक अनावरण गरेको जनाइएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. २ पर्साको आयोजन एवम् गिरिजा प्रसाद कोइराला फाउण्डेशनको सहयोगमा शालिक अनावरण गरिएको हो ।

मधेश आन्दोलनका क्रममा छपकैयास्थित कोइरालाको शालिकमा तोडफोड भएको थियो । सोही स्थानमा उनको शालिक पुर्नस्थापना गरी आज अनावरण गरिएको हो ।

नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद सहावुद्दिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक पुर्नस्थापना गरी अनावरण गरिएको बताए ।

प्रदेश सरकारको १६ लाख रुपैँयाको बजेटमा कोइरालाको शालिकसहित अन्य संरचना तयार पारिएको नेपाली काग्रेंस पर्साले जनाएको छ ।


सम्बन्धित समाचार