Logo

१८ असार,वीरगञ्ज । १ केजीभन्दा बढी चाँदीका गरगहनासहित एकजनालाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर १ दिपही टोल बस्ने ४२ वर्षका दिनेश प्रसाद साह रहेका छन् ।
भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी टोलीले सवारीमा जाँच अभियान चलाएको थियो । सोही क्रममा भारतबाट नेपालतर्फ आउदैँ गरेको अटोमा सवार उनको साथबाट चाँदीका गहना बारमद भएको प्रहरीले जनाएको छ ।

साहले सेतो कपडाको बेल्ट बनाएर कम्मरमा बाँधेर भन्सार छली ल्याउँदै गरेको अवस्थामा १ केजी ४०० ग्राम चाँदीका गहना फेला पारेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीले बताइनु । प्रहरीका अनुसार साहको साथबाट चाँदीको सिक्री ९ पिस, पेच रिँग २ पिस र पाउजु ७ जोर गरी एक लाख ९६ हजार मूल्य बराबरका चाँदी बरामद गरेको हो ।

पक्राउ परेका साहलाई बरामद गहनासहित आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार