Logo

२२ असार, जनकपुरधाम । जनमत नेतृत्वको मधेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले आज ६ जना मन्त्री हटाउने तयारी गरेको छ ।

केन्द्रमा भएको सत्ता समिकरण फेरबदलले प्रभाव पारेको प्रदेश सरकारका चार दलका ६ मन्त्रीलाई हटाउने तयारी गरेको हो ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सतिशकुमार सिंहले माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीलाई सरकारबाट हटाउन लागेका हुन् ।

चार दलका मन्त्रीहरुलाई राजीनामा बुझाउन अनुसार मुख्यमन्त्री सिंहले आग्रह गरेको छन् ।

जेठ २५ गते जनमतका सिंहको नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र अर्थ र उद्योग वाणिज्य तथा पर्यटन मन्त्राल, एकीकृत समाजवादीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय लिएको थियो ।

यस्तै एक–एक सिट भएको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात मन्त्रालय र संघीय समाजवादी पार्टीले गृह संचार तथा कानुन मन्त्रालय पाएको थियो ।

मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएका थिए । त्यस अनुसार मधेशमा कांग्रेसलाई सहभागी गराउन लागिएको हो । माओवादी केन्द्रका दुई मन्त्रीले सरकारले हटाओस् भन्ने मनस्थितिमा छन् ।

एकीकृत समाजवादीका मन्त्रीले भने आज राजीनामा बुझाउने तयारीमा छन् । एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले आज राजिनामा बुझाउने बताए ।

मुख्यमन्त्री सतिश सिंहले आज विश्वासको मत लिन समेत लागेका छन् । त्यसअघि उनले चारदललाई हटाएर कांग्रेस र लोसपालाई सरकारमा भित्र्याउने तयारी गरेका छन् ।

एमालेले भने मधेस प्रदेशका सिंहको नेतृत्वको सरकारलाई विश्वासको मत दिन शुक्रबार नै ह्व्पि जारी गरेको थियो ।

 


सम्बन्धित समाचार