Logo

२२ असार,वीरगञ्ज । मधेश प्रदेशका सभाको बैठक आइतबार दिउँसोदेखि सुरु भएको छ । प्रदेश सभाको भवनमा आज विश्वासको मत लिनका लागि डाकिएको बैठक सुरु भएको हो ।

प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि रहेको छ । सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गर्दै आजको सूचि अनुसार विश्वासको मत माग मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।

त्यस लगत्तै मुख्यमन्त्री सतिसले सिंहले सदनमा विश्वासको मतको प्रस्ताव पेस गरेका थिए । सदनमा विश्वासको मत माग्दै मुख्यन्त्री सिंहले आफ्नो पक्षमा मतदान गर्न सबैलाई आग्रह गरेका थिए ।

संविधानको धारा १६८ उपधारा (४) बमोजिम सदनमा विश्वासको मतको प्रस्ताव पेस गरेका हुन । विश्वासको मतको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री सिंहले सबै दलसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।


सम्बन्धित समाचार