Logo

२२ असार,वीरगञ्ज । वीरगञ्ज कारगारमा एकजना कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा आज करेन्ट लागेर एक जना कैदीको मृत्यु भएको हो ।

भाँडा धुने समयमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एकजनाको कैदीबन्दीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर निवासी अनिल महतो रहेका पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले पुष्टि गरे ।

प्रहरीका अनुसार करेन्ट लागेर गम्भिर घाइते अनिलको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ ।
मृतक अनिलमाथि जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका थिए ।


सम्बन्धित समाचार