Logo

२३ असार,वीरगञ्ज । मधेश प्रदेश सरकारमा कांग्रेसले ४ मन्त्री र २ राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि मधेश सरकारमा कांग्रेस सहभागी हुन लागेको हो ।

मुख्यमन्त्री सतिस सिंहलाइ विश्वासको मत दिँदै कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । कांग्रेस स्रोतका अनुसार जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो ।
कांग्रेसले आफ्नो भागमा पाएको ४ मन्त्रालयमा कसलाई पठाउने लगभग टुंगो लागिसकेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने तयारी गरिएको हो । राज्यमन्त्रीको भने अझै टुंगो लागिनसकेको जनाइएको छ । कसलाइ राज्यमन्त्रीमा पठाउने भन्ने बारेमा छलफल चलिरहेको स्रोतको दाबी छ । तर कांग्रेसलाई कुनकुन मन्त्रालय दिने भन्ने अझै टुंगो लागिनसकेको स्रोतले जानकारी दिएको छ ।


सम्बन्धित समाचार