Logo

२४ असार,काठमाडौँ । भारतीय रेलको मालवाहन क्षमता बढेको पाइएको छ । यस वर्षको जुन महिनामा भारतीय रेल सेवाले १३५.४६ मेट्रिक टन माल लोड गरेको थियो । जुन गत वर्षको सोही अवधिको तुलनामा १२.४० मेट्रिक टनले बढी हो ।

माल परिवहनबाट भारतीय रेल सेवाको सन् २०२४ जुन महिनामा वित्तीय आम्दानी पनि बढेको पाइएको छ । यो अवधिमा परिवहन सेवाबाट भारतीय रेलवेले १४ हजार ७ सय ९९ दशमलब ११ करोड भारतीय रुपैयाँ आम्दानी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०२३ को जुन महिनामा भने परिवहन सेवाबाट भारतीय रेलवेले १३ हजार ३ सय १६ दशमलब ८१ करोड भारतीय रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २०२४ को जुन महिनामा भारतीय रेलवेले सबैभन्दा धेरै कोइलाको परिवहन गरेको एएनआईले जनाएको छ । यो अवधिमा रेलवेले ६ करोड टन कोइला ओसारपसार गरेको एएनआईको भनाइ छ ।

त्यसैगरी, रेलवेले फलाम र स्टिलको परिवहन पनि बढाएको जनाइएको छ ।


सम्बन्धित समाचार