Logo

२४ असार,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नम्बर ३ पकडिया टोलबाट सालको गोलिया बरामद भएको छ । सशस्त्र प्रहरी र नेपालको प्रहरीको दुई छुट्टाछुट्टै टोलीले ३ थान सालको गोलिया बरामद गरेको हो । विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस बागेश्वरी तित्रौनाका सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको गस्ती टोलीले दुई थान सालको गोलिया बरामद गरेको थियो ।

राष्ट्रिय वनबाट तस्करी गरी ल्याइ लुकाइछिपाइ राखेको अवस्थामा उक्त सालको गोलिया भएको र बरामद काठ आवश्यक कारवाहीका लागि बिन्दबासीनी कोईलाभार साझेदारी वन उपभोक्ता समिती बडनिहारमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक अमृत थापाले जानकारी दिए ।

यसैगरी ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाको कमान्डमा खटेको प्रहरी टोलीले समेत १ थान सालको गोलिया बरामद गरेको छ । विवाको लगन सुरु भएलगत्तै अहिले पर्साको राष्ट्रिय वनबाट सालको काठ कटान गरि गोलिया बनाएर अबैध रुपले सञ्चालित फर्निचरहरुमा पु¥याइन्छ । यद्यपी यसबारे सुरक्षा निकायहरु भने मुकदर्शक बन्ने गरेको स्थानीयको आरोप छ ।

 


सम्बन्धित समाचार