![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/07/449767527_1031640494997323_3324176295688911134_n.jpg?fit=2048%2C1354&ssl=1)
२४ असार,काठमाडौँ । अशोक राई नेतृत्वको जसपाका ३ मन्त्रीको राजीनामा स्वीकृत भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानले दिएको राजीनामा स्वीकृत गरी ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् । उनीहरूले २१ गते साँझ राजीनामा बुझाएका थिए ।
यसअघि एमालेका ८ जना मन्त्रीको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् ।
अब ‘प्रचण्ड’ सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्री मात्र छन् ।