Logo

२६ असार, वीरगञ्ज । बारा प्रहरीले ६७ लाख बराबरको भन्सार छलिको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । जिल्लाका फरकफरक स्थानमा प्रहरीले चलाएको जाँच अभियानका क्रममा ६७ लाख ३९२ मूल्य बरारबका सामानसहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ६ ख ४९४० नम्बर ट्रक पक्राउ गरेको हो ।

ट्रकमा लोड रहेका ६४ लाख ५६ हजार २४२ मूल्यका खुद्रा सामानको स्पोर्टिङ बिल नभएको नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

यसैगरी जितपुरसिमरा–२१ बाटै काठमाण्डौँका लागि छुटेको ना ६ ख ७०३६ नम्बरको बसबाट १ लाख १४ हजार १५० मूल्यका २३० पिस फेसवास बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीको चेकिङ टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर १० निलकण्ठवाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २ वटा गाई, ८ वटा बाछा गरी झण्डै १ लाख ३० हजार मूल्य बराबरको पक्राउ गरेको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताए ।

पक्राउ परेका पशुचौपाया, सामान तथा ट्रकमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले बतायो ।


सम्बन्धित समाचार