Logo

२८ असार, वीरगञ्ज । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीले बाराका एक पत्रकारलाई धम्की दिएका छन् । बैकिङ्ग कसुर मुद्दा लगायत पत्रकारलाई धम्की दिएको कान्डमा फरार रहेका धर्मेन्द्र प्रसाद यादवले कचोर्वा प्रहरी चौकीको अनियमित्ता बारे समाचार किन लेखेको भन्दै बाराबाट प्रकाशित हुने शुआरम्भ दैनिकका प्रकाशक अनिल पाण्डेलाई धम्की दिएका छन् ।

प्रकाशित समाचारमा उनको नाम कहि कतै नरहेपनि उनको धम्कीबाट बारा प्रहरी कै संरक्षण र ईशारामा उनले धम्काएको रहस्य बाहिरिएको हो । उनले प्रहरी चौकी कचोर्वाको समाचार प्रती खेद ब्यक्त गर्दै अब उप्रान्त समाचार लेख्यो भने ठिक नहुने भन्दै धम्काएका छन् ।

उनले धम्काएको अडियो समाजिक सञ्जाल फेसबुकमा समेत भाइरल भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ निवासी कमल राय यादवका छोरा धर्मेन्द्र प्रसाद यादवले पत्रकार धम्काएको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकालाई मौखिक रूपमा जानकारी गराउनुका साथै अडियो क्लिप समेत पठाएको पत्रकार पाण्डेले बताए ।

कचोर्वा चौकी बारे आएको समाचार :

 

समाचारमा चित नबुझे कानुनी बाटो हुँदा हुँदै पनि उनले यस्तो धम्काउने कार्य गरेको हुँदा उनलाई हदैसम्मको कारवाहीको माग नेपाल पत्रकार महासंघ, बारा शाखाले विज्ञप्तीमार्फत  गरेको छ ।

यस्तै प्रेस सेन्टर नेपाल बारा शाखा, प्रेस चौतारी बारा, प्रेस युनियन बारा लगायतका पत्रकार संगठनले पनि प्रेस विज्ञप्ती जारी यस घटनाको घोर भत्र्सना गर्दै पत्रकार धम्काउने धर्मेन्द्र यादवलाई तत्काल कारवाहीको माग गरेका छन् ।

प्रेस विज्ञप्ति :

 

 


सम्बन्धित समाचार